जनता टाइम्स

१७ कार्तिक २०७८, बुधबार ०८:३०

ट्याक्टर दुर्घटनामा तीनको मृत्यु


जाजरकोट, कात्तिक १७ । नलगाड नगरपालिका ५ झुल्केडाडामा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

नलगाडको कालीमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको ट्याक्ट दुर्घटनामा परेको हो । दुर्घटनामा नलगाड ५ का चंकलाल विक, सुरेश खत्री र बलबहादुर खत्रीको ज्यान गएको हो ।

नलगाड(८ का विनोद परियार घाइते भएका छन् । घाइतेको अवस्था गम्भीर रहेको डीएसपी मधुकुमार थापाले जानकारी दिनुभयो ।