जनता टाइम्स

१८ कार्तिक २०७८, बिहीबार १४:२६

कपिलवस्तुमा पेस्तोलसहित एक पक्राउ


बुटवल, कात्तिक १८ । कपिलवस्तुमा पेस्तोल र लागुपदार्थसहित सहित एकजना पक्राउ परेका छन् । जिल्लाको मायादेवी गाउँपालिका–८ स्थित बिजुवा चोकबाट प्रहरीले पेस्तोल र लागुऔषध सहित मायादेवी–६ डुमरा बस्ने २२ वर्षीय फेराज अहमद मुसलमानलाई पक्राउ गरेको हो ।

भारतिय युपी–५५ एफ ०८६६ नम्बरको मोटरसाइकलमा चाकरचौडाबाट पकडीतार्फ जादै गरेका मुसलमानको साथबाट प्रहरीले १ थान पेस्तोल, २८ वटा कार्टिज र लागु औषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दान बहादुर कार्कीले जानकारी दिनुभयो । मुसलमानको साथबाट ४२ चक्की स्पास्मो ,२१ चक्की नाइट्राजेपाम, भिभो मोबाइल १ थान, पेनड्राइभ ४ थान र वाइफाइ स्पिडर १ थान बरामद गरिएको छ ।