पोखरा, कात्तिक १८ । नेकपा एमालेको गण्डकी प्रदेशमा मात्रै ७८ हजार ९ सय ३५ जना संगठित सदस्य पुगेको छ । दशौं महाधिवेशनको प्रतिनिधि छनोटको मिति तय भएसँगै गण्डकी प्रदेशले ११ ओटै जिल्लाको संगठित सदस्य अपडेट गर्दा सो संख्यामा संगठित सदस्य पुगेको हो ।
एमाले गण्डकी प्रदेशको सूचीअनुसार मनाङमा सवैभन्दा कम र कास्कीमा सवैभन्दा बढी संगठित सदस्य रहेका छन ।
मनाङमा १७९ जना संगठित सदस्य रहेका छन भने कास्कीमा १७ हजार ४ सय ८६ जना रहेका छन । जनताटाइम्सलाई प्राप्त बिवरणअनुसार मुस्ताङमा ५ सय २५ जना, म्याग्दीमा ३ हजार ७ सय ३७ जना, बाग्लुङमा ५ हजार २ सय ५ जना, तनहुँमा ६ हजार १ सय ४ जना संगठित सदस्य रहेका छन । यस्तै लमजुङमा ६ हजार ४ सय ३२ जना, पर्वतमा ६ हजार ७ सय ६० जना, गोरखामा ७ हजार ६ सय ४४ जना, नवलपुरमा ११ हजार २ सय १५ जना र स्याङ्जामा १३ हजार ६ सय ४८ जना संगठित सदस्य रहेका छन ।
कुन जिल्लामा कति ?
१. मनाङ – १७९ जना
२. मुस्ताङ – ५२५जना
३. म्याग्दी–३,७३७ जना
बाग्लुङ – ५,२०५ जना
५. तनहुँ– ६,१०४ जना
६. लमजुङ–६,४३२ जना
७. पर्वत–६,७६० जना
८. गोरखा–७,६४४ जना
९. नवलपुर–११,२१५ जना
१०. स्याङ्जा–१३,६४८ जना
११. कास्की–१७,४८६
कुल ७८,९३५ जना ।













प्रतिक्रिया दिनुहोस्