काठमाडौँ, १८ कार्तिक । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमसीसीलाई प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सार्वजनिक गर्न माग गर्नुभएको छ । विश्वजलवायु सम्मेलनमा सहभागी भएर फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार दल माओवादी अध्यक्ष प्रचण्ड र आफुले एमसीसी संसदबाट पास गर्ने पत्र एमसीसीको कार्यालयलाई पठाईसकेको खुलासा गरे लगत्तै उपाध्यक्ष रावलले सो पत्र सार्वजनिक गर्न माग गर्नुभएको हो ।
प्रधानमन्त्री देउवाले बेलायतबाट फर्किएलगत्तै विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा संसदबाट एमसीसी पास गर्न आफू र सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मिलेर पत्र पठाइसकेको बताउनुभएको थियो ।प्रधानमन्त्रीको उक्त भनाइपछि एमाले उपाध्यक्ष रावलले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै गोप्यरुपमा एमसीसीलाई पत्र पठाइएको भए त्यो देशघात हुने बताउनुभयो ।
‘बेलायतमा जलवायु सम्मेलनमा भाग लिइ फर्किनासाथ प्रधानमन्त्री देउवाले एमसीसी पारित गराउने भनी आफू र प्रचण्डले पत्र पठाइसकेको खुलासा गर्नुभयो । राष्ट्रघाती प्रावधान भएको सम्झौताबारे पठाइएको पत्र तुरून्त सार्वजनिक गरियोस्।यस्तो विषयमा गोप्य पत्राचार देशघात हो ।’ उहाँले ट्वीटरमालेख्नुभएको छ , ‘प्रचण्डको पत्र के हैसियतले पठाइयो ?’एमसिसीकी उपप्रमुख कार्यकारी अधिकृत एलेक्सिया ल्याटोर्तुले बेलायतमै भेट गर्दै एमसीसी पास नगरी संसद् अधिवेशन अन्त्य भएकोमा चासो राखेपछि आफूले यसबारे चिन्ता नलिन र एमसीसी पासका लागि आफू र प्रचण्डले पत्र पठाइसकेका छौँ भनेर जबाफ दिएको देउवाले सञ्चारकर्मीलाई सुनाउनुभएको थियो ।














प्रतिक्रिया दिनुहोस्