जनता टाइम्स

१९ कार्तिक २०७८, शुक्रबार ०९:१३

एमसिसी पास गर्न प्रचण्ड र देउवाको यस्तो छ भित्री तयारी


काठमाडौँ, कार्तिक १९ । अमेरिकाको बहुचर्चित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नेपालमा सबैभन्दा विवादित रहेको छ । एमसिसी योजना नेपालमा कार्यन्वयन हुनुभन्दा पहिले नै विवादित भएको छ । अमेरिकाले गर्ने यो सहयोग नेपालको लागि घातक भएको र त्यसलाई स्वीकार नगर्न जनस्तरबाट विरोध भएको छ ।

तर, यो योजना नेपालले लिने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहालबीच गोप्य रुपमा तयारी भएको खुलासा भएको छ । उक्त खुलासा प्रधानमन्त्री देउवा आफैँले गर्नुभएको हो । उहाँले स्कटल्यान्डको ग्लास्गोमा जारी कोप–२६ मा सहभागी भएर फर्किएपछि पत्रकारसँग कुराकानी गर्ने क्रममा यस्तो खुलासा गर्नुभएको हो ।

उहाँले उक्त सम्मेलनमा एमसिसीकी उपप्रमुख कार्यकारी अधिकृत एलेक्सिया ल्याटोर्तुले आफूसँग एमसिसी संसदबाट अनुमोदन गर्ने विषयमा जिज्ञासा राखेको र आफूले त्यसलाई गठबन्धन दलमा छलफल गरेर छिट्टै अघि बढाउने बताएको जानकारी दिनुभयो । यसै क्रममा उाँहले आफू र प्रचण्डले एमसिसी पास गराउछौँ भनेर गोप्य पत्र पठाइसकेको खुलाशा गर्नुभयो । उहाँले एमसिसी पास गराउन प्रतिवद्धता गरिसकेको पनि बताउनुभयो । तर, एमसिसी संसदबाट पास गराउने विषयमा गठबन्धन दलहरुबीच एकमत नहुँदा समस्या भइरएको छ । उहाँले नेपालमा एमसिसी आवश्यक रहेकोसमेत दाबी समेत गर्नुभयो ।

नेपालले एमसिसी सम्झौतालाई संसदबाट अहिलेसम्म अनुमोदन नगरेको विषयमा असन्तुष्ट व्यक्त गरिरहेको छ । संसद्को अधिवेशन अत्य भएकै दिन कात्तिक १२ गते नै एमसिसी अनुमोदन नगरेकोमा असन्तुष्टि जनाएको छ ।