जनता टाइम्स

१९ कार्तिक २०७८, शुक्रबार १७:०९

पछिल्लो २४ घण्टामा १८३ संक्रमित थपिए, ६४९ जना डिस्चार्ज


काठमाडौं, १९ कार्तिक । नेपालमा पछिल्लो चौबीस घण्टामा १८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधीमा ६४९ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको २ हजार ३०७ जनाको पीसीआर परीक्षणबाट १७४ र २ हजार ५३७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९ जना गरी जम्मा ३५६ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै चौबीस घण्टामा २ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ४३८ पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ८ हजार ४१३ रहेको छ ।