जनता टाइम्स

१९ कार्तिक २०७८, शुक्रबार २०:५७

ललितपुरमा ग्यास सिलिन्डर विस्फोट, चार जनाको मृत्यु


काठमाडौं, १९ कार्तिक । काठमाडौं, कात्तिक २० । ललितपुरको मंगलबजारमा शुक्रबार ग्यास सिलिन्डर विस्फोट हुँदा चार जनाको ज्यान गएको छ । विस्फोटमा परी अन्य दुई जना घाइते भएका छन् ।

मंगलबजारस्थित प्रहरी प्रभागका इन्चार्ज प्रहरी निरीक्षक रामकृष्ण श्रेष्ठले ग्यास सिलिन्डर विस्फोट हुँदा स्थानीय लक्ष्मीकृष्ण ताम्राकार, अञ्जना ताम्राकार, रत्ना ताम्राकार र उनका छोराको मृत्यु भएको बताउनु भयो । घटनामा थप दुई घाइतेका भएका छन ।