जनता टाइम्स

२१ कार्तिक २०७८, आईतवार १६:११

यसकारण कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक


काठमाडौं, कात्तिक २१ । नेपाली कांग्रेसले आगामी कात्तिक २८ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । अर्को साता आइतबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठकमा पार्टीको आसन्न महाधिवेशनका विषयमा केन्द्रीत रहेर छलफल हुने बताइएको छ । कांग्रेस १४ औं महाधिवेशन आगामी मंसिर अन्तिममा गर्ने योजनामा छ ।