जनता टाइम्स

२१ कार्तिक २०७८, आईतवार १७:२९

नारायणकाजी श्रेष्ठले प्रचण्डको सामाजिक सञ्चालमै खुलेर टिप्पणी गर्नथाले विरोध (यस्तो छ कारण)


काठमाडौँ, २१ कात्तिक। नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अध्यक्ष प्रचण्डसँगको असन्तुष्टि सामाजिक सञ्जालमै पोख्नुभएको छ । यसअघि देखिनै प्रचण्डसँग केही असन्तुष्ट देखिएका श्रेष्ठले सामाजिक सञ्चालमै आलोचनात्मक टिप्पणी सुरु गर्नुभएको छ । आतबार बिहान श्रेष्ठले प्रचण्डप्रति संकेत गर्दै विगतमा आन्दोलनका लागि हुने बैठकमा अनिवार्य जस्तै गरी बैठकमा बोलाउने गरिएको भए पनि अहिले बोलाउन छाडिएको गुनासो गर्नुभएको छ । उहाँले एउटा महत्वपूर्ण बैठकमा अघिल्लो सरकारका सबे नियुक्ति वदर गर्न हुन्न भन्ने धारणा राखेपछि त्यसपछि कुनै बैठकमा सहभागिताको अवसर प्राप्त नभएको उल्लेख गर्नुभएको छ ।

नेता श्रेष्ठले भन्नुभएको छ , ‘प्रतिगमन बिरोधी संघर्षको समयमा गठबन्धनको सबै बैठकहरुमा उपस्थित भई छलफल गर्ने अवसर प्राप्त थियो।अनिवार्य जस्तै थियो सहभागिता ।संघर्षको सफलता पछि पार्टीहरुको गठबन्धन शिर्षस्थ नेताहरुको गठबन्धन जस्तो बनेपछि भने एकाध बैठकहरुमा मात्र आमन्त्रण अनुसार भाग लिएको छु ।’ नेता श्रेष्ठले राजदूत फिर्ता बोलाउने बारेमा भएको एउटा छलफलमा आफूले राखेका धारणाका बारेमा भन्नुभएको छ , ‘त्यस्तै एउटा बैठकमा मैले अघिल्लो सरकारले नियुक्ति गरेका सबै राजदुतहरु फिर्ता बोलाउने सकारको निर्णय लाई बेठीक भन्दै असहमति जनाएको थिएं ।मेरो धारणा यस्तो थियो र रहेको छ। संविधान ,कानून र लोकतान्त्रिक मुल्यमान्यता बिपरित नियुक्ति गरिएका , असक्षम र ब्यबहारबाट नेपाल सरकारको प्रतिनिधित्व नगर्ने पुष्टी भएका राजदुतहरुलाई मात्र फिर्ता बोलाउनु पर्दछ, सबैलाई एकमुष्टरुपमा होइन ।’

उहाँले सबै राजदूतलाइ एकमुष्ठ फिर्ता बोलाउँदा परम्पार नै बस्ने र त्यसले दीर्घकालसम्म प्रभाव पार्ने बताउनुभएको छ । उहाँले भन्नुभएको छ , ‘हरेक सरकारले अघिल्लो सरकारले गरेका राजदुतहरु फिर्ता बोलाउने परम्परा बन्छ।त्यस स्थितिमा हामीले पठाएको कुनै देशको राजदुतले पनि राम्ररी काम गर्न नसक्ने अवस्था उत्पन्न हुन्छ । स्थायित्वको आशंकाको कारण संबन्धित देशहरुमा काम गर्ने वातावरण बन्दैन।शिर्षस्थ नेताहरुले यो कुरा ठीकै भएपनि निर्णय भैसकेकाले अव छलफल नगरौं भन्नुभयो र त्यो कुरा सकियो।’

श्रेष्ठले अब राजदूतहरूको नियुक्ति प्रक्रिया अघि बढ्दा देशको इज्जत बढाउने खालका व्यक्तिहरूलाइ राजदूतको रूपमा अघि बढानुपर्ने बताउनुभयो । उहाँले सामान्य बेलामा अमुर्त राम्रा कुरा गर्ने तर लागु गर्ने चाँही स्वार्थजन्य यथास्थितिवादी परम्परा हुने गरेकोले यसलाई तोड्ने साहास गरौँ भन्दै अपिल समेत गर्नुभएको छ ।