गुल्मी, २२ कात्तिक । गुल्मीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । ठक्करबाट जिल्लाको मालिका गाउँपालिका–८ की ८१ वर्षीया जमुना खनालको मृत्यु भएको हो । सोही स्थानकी ७२ वर्षीया लीला खनाल घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिनुभयो ।
आज दिउँसो तम्घास–सिमलटारी सडकखण्डस्थित किसानटारीमा लु५५प ९७५७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो । मोटरसाइक चालक मालिका– ८ मर्भुग दँगासका २७ बर्षीय ललित पौडेल फरार छन् । सडक काट्ने क्रममा मोटरसाइकलले दुई वृद्धालाई ठक्कर दिएको पाण्डेले जानकारी दिनुभयो । घाइतेको थप उपचारका लागि पाल्पा रेफर गरिएको र फरार चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्