जनता टाइम्स

२२ कार्तिक २०७८, सोमबार २२:१७

एमसीसीबारे देउवा र प्रचण्डमध्ये एकजनाले झुट बोलेः अध्यक्ष ओली


काठमाडौं, २२ कार्तिक । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता अनुमोदनका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमध्ये एक जनाले झुटो बोलेको बताउनुभयो । सोमबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले भन्नुभयो , ‘शेरबहादुरजी हस्ताक्षर गरेर दिएको भन्नुहुन्छ, प्रचण्डजी होइन भन्नुहुन्छ,’ अध्यक्ष ओलीले भने, ‘दुईमध्ये एक जनाले झुट बोलेको देखियो ।’ केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीसम्बन्धी सम्झौता पास गर्छौं भनेर आफू र प्रचण्डले हस्ताक्षर गरेर दिइसकेको बताउनुभएको थियो । तर प्रचण्डले भने राष्ट्रिय सहमति नभई एमसीसी सम्झौता पारित गर्न सकिन्न भनेर समय मागका लागि पत्र पठाइएको दावी गर्नुभएको छ ।