जनता टाइम्स

२३ कार्तिक २०७८, मंगलवार ०९:२५

सैनिकलाई घर बनाउन २५ लाख सहुलीयत कर्जा


काठमाडौं, कात्तिक २३ । नेपाली सेनाले घर नभएका वहालवाला सकलदर्जालाई २५ लाखसम्म सहुलीयतपूर्ण कर्जाको व्यवस्था गरेको छ । जंगी अड्डाले सैनिक सेवामा १० वर्ष पूरा गरेका र श्रीमान/श्रीमती दुवैको नाममा घर नभएका वहालवाला सैनिक अधिकारीहरुले २५ लाखसम्म अवास कर्जा पाउने व्यवस्था गरेको हो ।

जंगी अड्डामा आयोजित कार्यक्रममा सोमबार नेपाली सेना, राष्ट्रिय बाणिज्य बैंक र राष्ट्रिय विमा समितिका अधिकारीले ‘सैनिक सकलदर्जा सहुलीयतपूर्ण आवास कर्जा–२०७८’मा हस्ताक्षर गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

नेपाली सेनाका अधिकारीहरुले अब तोकिएको मापदण्ड पूरा गरी राष्ट्रिय बाणिज्य बैंकबाट ३ दशमलब ३२ प्रतिशत व्याजदरमा आवास कर्जा लिन पाउनेछन् ।