जनता टाइम्स

२३ कार्तिक २०७८, मंगलवार १५:०३

शिवम् सिमेन्टका सीईओ सिन्हाले दिए राजीनामा


काठमाडौं, २३ कात्तिक । शिवम् सिमेन्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्र सिन्हाले पदबाट राजीनामा दिनुभएको छ ।

कम्पनी सचिव राजेन्द्रकुमार शर्माका अनुसार सिन्हाले व्यक्तिगत तथा पारिवारिक कारणले कम्पनीमा निरन्तर सेवा गर्न नसक्ने भन्दै पदबाट राजीनामा दिनुभएको हो ।

उहाँको राजीनामा सञ्चालक समितिको बैठकले स्वीकृत गरिसकेको छ । कम्पनीले नयाँ सीईओ नियुक्तिको प्रक्रिया भने सुरु गरेको छैन ।