जनता टाइम्स

२३ कार्तिक २०७८, मंगलवार २२:०१

अछाममा एक गर्भवतीको हेलिकप्टरमार्फत उद्धार


काठमाडौं, २३ कार्तिक । अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर १ की मनसरा देवकोटाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।यसअघि दुई पटक शल्यक्रियाबाट प्रसूति गराइएको र तेस्रो पटक गर्भवती हुनुभएकी उहाँमा गम्भीर समस्या देखिएपछि कोहलपुर शिक्षण अस्पतालसम्म प्रसूति सेवाका लागि उद्धार गरिएको हो । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरीएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।