जनता टाइम्स

११ असार २०७६, बुधबार १४:०९

क्यावात ! ट्राफिक प्रहरी : जस्ले गरे कानून मिच्ने गृह प्रवक्तालाई नै कार्वाही


काठमाडौं, असार ११

सिहदरवार वरिपरिको सडकमा कार्यालय समय आसपासमा थुप्रै सवारी साधनले अनाधिकृत पार्किङ गर्दछन् । साघुरो बाटो त्यसमाथी पार्किङ गर्दा सवारी आवाजजावतमा निक्कै सास्ती पर्दछ ।

त्यसैलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले अनाधिकृत पार्किङ गर्ने गाडीमा लक लगाउदै कारवाही गर्ने गरेको छ । बुधबार विहान भने अलिक अचम्मको घटना घटेको छ । अनाधिकृत पार्किङ गरेका दुई वटा गाडीमा ट्राफिक प्रहरीले लक लगायो । बा२झ ४३८८ र बा२झ ३४६ मा लक लगाउदा एउटा गाडी भने प्रहरी हेर्ने मन्त्रालयकै सह– प्रवक्ताको गाडी परेछ ।

त्यसपछि त्यहा शुरु भयो पावर र ट्राफिक प्रहरीको कर्तब्यको लडाई । त्यसरी अनधिकृत रुपमा पार्किङ गरिएका गाडी मध्ये एउटा गृह प्रवक्ता रामकृष्ण सुवेदीको गाडी रहेछ । सुवेदी गाडी सडक किनारमा पार्किङ गरेर खाना खान गएर आउदा ह्विलमा लक लगाएको देखे । खाना खाएर आउँदा लक देखेपछि प्रवक्ता सुवेदीले आफू गृह मन्त्रालयको प्रवक्ता हुँ भन्दै ट्राफिक प्रहरीलाई चिट नकाट्न अनुरोध गर्नुभयो ।

तर, ट्राफिक प्रहरीले गाडीका कागजपत्र मागे । कागजपत्र माग गरेपछि प्रवक्ताका सवारी चालकले आफ्नो गाडी गृह मन्त्रालयको गाडी हो भन्दै ट्राफिक प्रहरीलाई सम्झाउन खोजेका थिए । तर, ट्राफिक प्रहरीले गाडीको कागजपत्र नल्याउँदासम्म गाडी नछाड्ने अड्डी कसे ।

सो समयमा प्रवक्ताले फोन गरेपछि सिभिल डेसमा वाकीटाकी बोकेका एक जना मान्छेले कागजपत्र ल्याएर दिए । त्यसपछि ती सिभिल ड्रेस लगाएका मान्छेले कतै फोन लगाए र एकछिन आफूले कुरा गरेर ट्राफिक प्रहरीलाई फोन दिए ।

फोनमा ट्राफिक प्रहरीले धेरै कुरा त गरेनन् तर उनको अनुहार भने अँध्यारो भइसकेको थियो । सिभिल ड्रेसमा आएका मान्छेले ट्राफिक प्रहरीलाई नबुझी र नसोची गाडी लक नगर्नू भन्दै थर्काए पनि । तर, पनि ट्राफिक प्रहरी अनाधिकृत पार्किङ गरेको त्यो गाडीको चिट भने काटेर छाडे ।