जनता टाइम्स

२४ कार्तिक २०७८, बुधबार १२:३६

चुनावमा कसैसँग तालमेल गर्न जरुरी छैन, कांग्रेस आफ्नै बलबुतामा लड्छः प्रकाशमान सिंह


काठमाडौँ, २४ कार्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी निर्वाचनमा कसैसँग तालमेल गर्न जरूरी नरहेको बताउनुभएको छ ।सत्ता गठबन्धनका दलबीच आगामी निर्वाचनमा तालमेल हुने नेताहरूले नै बताइरहेका बेला कांग्रेसका पूर्वमहामन्त्री सिंहले भन्नुभयो , ‘कांग्रेसले कसैसँग तालमेल गर्न जरूरत छैन ।

आफूनै बलबुतामा लड्नुपर्छ ।’ कांग्रेस आफ्नै एजेण्डामा निर्वाचनमा उभिउनुपर्ने बताउँदै सिंहले अर्थिक सम्पन्नता दिलाउन र कांग्रेस नेतृत्वमा प्राप्त अधिकार संस्थागत गर्नुपर्ने बताउनुभयो । ‘त्यसपछि मात्र गणेशमान सिंहप्रति सच्चा श्रद्धाञ्जलि मानिनेछ,’ गणेशमान सिंहको १०७औँ जन्मजयन्तीका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो ।

सिंहले अर्ली इलेक्सनबारे सोधिएको प्रश्नमा घुमाउरो जवाफ दिनुभयो । ‘अर्ली इलेक्सन विधिसम्वत आयोस् । तर, संविधान र विधि अनुसार गर्नुपर्छ । संविधानको मर्म र भावनाबाहिर गएर कुनै पनि चुनाव हुनु हुँदैन,’उहाँले भन्नुभयो ।