काठमाडौं, कात्तिक २६ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जस्तोसुकै दबाब, घेराबन्दी र षड्यन्त्रको सामना गर्नुपरे पनि नागरिकका मुद्दा उठाउन र सरकारलाई प्रश्न गर्न नछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएकाे छ, ‘जति तर्साए पनि नागरिकको मुद्दा बोकेर सरकारलाई प्रश्न गर्न नछाडेपछि घेराबन्दी र षड्यन्त्र हुँदैन त ?’
खुलामञ्चबाट नागरिकका पक्षमा प्रश्न उठाउँदा आक्रमण सुरु भएको र पार्टी केन्द्रीय कार्यालयबाट प्रतिपक्षको निगरानी तथा सरकारको जवाफदेहिताका विषयमा सशक्त प्रश्न राख्दा पनि घेराबन्दीको सामना गर्नुपरेको उहाँको भनाइ छ। ‘खुलामञ्चबाट प्रश्न गर्दा आक्रमण प्रारम्भ भयो र पार्टी केन्द्रिय कार्यालयबाट प्रतिपक्षको निगरानीका सन्दर्भमा नागरिकको शसक्त प्रश्न राख्दा, षडयन्त्रको सिकार हुन पर्यो’, उहाँले लेख्नु भएकाे छ ।
तर यस्ता दबाब र चुनौतीले आफ्नो अडान कमजोर नबनाउने स्पष्ट पार्दै सभापति थापाले भन्नुभएको छ, ‘यस पटक पनि मैले सजिलो होइन, सही बाटो रोजेँ। जनताको प्रश्न गर्न छाडिनँ।’
नागरिकका आवाज उठाउनु र सरकारलाई जवाफदेही बनाउन प्रश्न गर्नु आफ्नो राजनीतिक दायित्व भएको सन्देश दिँदै उहाँले कुनै पनि दबाबका कारण जनताको पक्षमा बोल्न पछि नहट्ने दृढता व्यक्त गर्नुभएको छ।














प्रतिक्रिया दिनुहोस्