जनता टाइम्स

२४ कार्तिक २०७८, बुधबार १२:३८

सरकारभन्दा माथिजस्तो गरेर समिति बनाउनु संविधानविपरीत : काँग्रेस नेता सिंह


काठमाडौं, २४ कार्तिक । सत्ता गठबन्धनले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा उच्चस्तरीय राजनीतिक समन्वय समिति बनाएको छ । यो समितिको एमालेले विरोध गरेको छ ।

कांग्रेस नेता सिंह पनि समितिको विपक्षमा उभिनुभएको छ । ‘अहिलेको अवस्थामा राजनीतिक समन्वय समिति त्यति आवश्यक छ भन्ने लाग्दैन, यो समिति सरकारभन्दा माथि हुन जान्छ, संविधानविपरीत हुन जान्छ,’उहाँले भन्नुभयो । कम्युनिष्ट पार्टीमा सरकारलाई पनि कन्ट्रोल गर्ने मेकानिजम हुने गरेको उल्लेख गर्दै सिंहले भन्नुभयो , ‘ डेमोक्र्याट पार्टीमा यस्तो समितिको आवश्यकता नभई किन बनाउनु भयो ? राज्य सरकारले सञ्चालन गर्ने हो । पार्टी (कांग्रेस) सभापतिको नेतृत्वमा सरकार छ । सरकारभन्दा माथिजस्तो गरेर समिति बनाउनु संविधानविपरीत हुन जान्छ ।’