जनता टाइम्स

२४ कार्तिक २०७८, बुधबार १८:०१

सरकारले एमसीसी फिर्ता लिनुपर्छ : बामदेव गौतम


काठमाडौं, २४ कात्तिक । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले एमसीसी परियोजना फिर्ता लिन नेपाल र अमेरिकी सरकारलाई आग्रह गर्नुभएको छ । एमसीसी परियोजनालाई लिएर नेपाली जनमत विभाजित भएको र तत्काल यो संसदबाट अनुमोदन हुन नसक्ने भन्दै गौतमले परियोजना फिर्ता लिन माग गर्नुभएको छ ।

आज एक विज्ञप्तिमार्फत गौतमले नेपालको संसद र सरकार विशिष्ठ अवस्थाको रहेको भन्दै यो सरकार र संसदवाट एमसीसी अनुमोदन हुन नसक्ने उल्लेख गर्नुभएको छ । एमालेका उपाध्यक्ष गौतम पार्टी विभाजनपछि राजीनामा दिएर बस्नुभएको छ ।