काठमाडौं, २५ कार्तिक । मौसम पूर्वानुमान महाशाखाले आज नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको असर नपरेकोले देशभरको मौसम सफा रहने जनाएको छ । महाशाखाले जारी गरेको मौसम पूर्वानुमानका अनुसार देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।महाशाखाले आज दिउँसो र रातिको मौसम पनि सफा रहने जानकारी दिएको छ । पूर्वानुमानका अनुसार दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने साथै, राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
यस्तै, शुक्रबार दिउँसो र राति देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहने छ।
त्यसैगरी, शनिबार दिउँसो र राति पनि देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जारी पूर्वानुमानमा उल्लेख गरिएको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ कार्तिक २५ गते (बिहिबार)
दिउँसो: देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
राती: देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
२०७८ कार्तिक २६ गते (शुक्रबार)
दिउँसो: देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहने छ।
राती: देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
२०७८ कार्तिक २७ गते (शनिबार)
दिउँसो: देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
राती: देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।













प्रतिक्रिया दिनुहोस्