काठमाडौं, २५ कार्तिक । गठबन्धन बनाएर सत्ता संचालन गरेको नेपाली काँग्रेसले समेत नेकपा एमाले संग अवको निर्वाचनमा प्रतिस्प्रर्धा गर्ने नसक्ने बताएको छ । देउवा नेतृत्व सरकारका गृहमन्त्री बालकृष्ण खाणले अहिलेको पाँच दलीय गठबन्धन चुनावसम्म सँगै जानुपर्ने बताए सगै काँग्रेस कम्जोर बन्दै गएको राजनीतिक विश्लेषकहरुको दावी छ ।
गृहमन्त्री खाणले रुपेन्दहीमा भएको एक कार्यक्रममा गठबन्धनबिना कांग्रेस सुरक्षित नहुने भन्दै यहि गठबन्धन कायम राखेरै चुनावमा जानुपर्ने तर्क गर्नुभएको थियो । कांग्रेसका केही नेताहरूले कांग्रेस एक्लै चुनावमा जानुपर्ने बताइरहेका बेला सभापति शेरबहादुर देउवानिकट खाणले गठबन्धनबाट नै कांग्रेस सुरक्षित हुने बताउनुभयो । उहाँले एक्लै एमालेसंग भिडन नसक्ने आँकलन गर्नुभएको हो । उहाँले पार्टी सभापति र प्रधानमन्त्री एउटै व्यक्ति हुनुपर्ने पनि बताउनुभएको थियो ।

नेपाल महिला संघ रुपन्देहीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले गठबन्धनको सरकार बचाउँदै आउने स्थानीय तथा आमनिर्वाचन सफल बनाउनका लागि पार्टी सभापति र प्रधानमन्त्री एउटै हुनुपर्ने बताउनुभयो । वडा तहहुँदै केन्द्रीय निर्वाचन गर्ने पार्टी नेपाली कांग्रेस मात्रै रहेको बताउँदै उहाले नेपाली कांग्रेसलाई सवल, सक्षम र जिम्मेवार पार्टीको रुपमा अगाडि लैजान र पहिलो पार्टी बनाउनका निमित्त गठबन्धन बचाउँदै अगाडि बढ्नुपर्ने बताउनुभयो ।
उहाँले नेपाली कांग्रेसको स्थायित्व, सवलीकरण र आउँदो स्थानीय निर्वाचन र आमनिर्वाचन सफल बनाउनका लागि नेपाली कांग्रेसको सभापति र प्रधानमन्त्री एउटै हुनुपर्ने समेत बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्