जनता टाइम्स

२२ आश्विन २०८३, बिहीबार २०:०९

कांग्रेस महामन्त्रीमा कस्ले मार्ला बाजी ? प्रदीप–गुरु दोहोरिएलान कि सुनिल–उदय-नैनसिंहले मार्लान बाजी ?


काठमाडौं, असोज २२ । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा महामन्त्री पदमा ८ जना नेता भिडेका छन ।

बिशेष महाधिवेशनबाट महामन्त्री पदमा निर्वाचित प्रदीप पौडेल र गुरुराज घिमिरेसहित प्रभावशाली नेताहरू यसपटक महामन्त्रीको दौडमा देखिएका हुन । १४औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित हुनुभएका कांग्रेस सभापति गगन थापा र उपसभापति बिश्वप्रकाश शर्मा पार्टीको नेतृत्व र दोस्रो बरियतामा पुगेपछि महामन्त्री आकर्षक पद बनेको हो ।

सो पदमा पौडेल र घिमिरेसँगै समाजसेवामा स्थापित पूर्वसांसद डा. सुनिलकुमार शर्मा, अमरसिंह पुन, उदय शमशेर राणा, नैनसिंह महर, शंकर तिवारी र डा. सन्तोष उपाध्याय प्रतिस्पर्धी बन्नुभएको छ । दुई खुला महामन्त्रीका लागि आठ जना प्रतिस्पर्धी रहनुभएको हो ।

बिशेष महाधिवेशनबाट महामन्त्रीमा उदाउनु भएका प्रदीप र गुरुलाई यसपटक सहमहामन्त्री उदय शमशेर, डा सुनिल, नैनसिंह मुख्य चुनौती देखिनुभएको छ । काांग्रेसको युवादेखि बुढापाकासम्ममा मिलनसार छव बनाएको कारण पनि बहालवाला दुई महामन्त्रीका लागि सोही पदमा आउन चार जना मुख्इ चुनौती बनेका हुन ।

महाधिवेशन प्रतिनिधिहरुको रोजाई सभापतिमा गगन थापा र महामन्त्रीमा फरक फरक उम्मेद्वार दखिएका छन । सभापति थापाले समेत कसैलाई आफ्नो उम्म्द्वार नभन्ने र कसैले भनेमा मत नहाल्नू भन्ने निर्देशन बन्द शत्रमा दिनुभएको कारण पनि महामन्त्रीको प्रतिस्पर्धा निकै रोचक बनेको छ ।