जनता टाइम्स

२५ कार्तिक २०७८, बिहीबार १६:१०

एमाले रोल्पा नगरको अध्यक्षमा पत्रकार घनश्याम आचार्य सर्वसम्मत चयन


रोल्पा, कात्तिक २५ । नेकपा एमाले रोल्पा नगर कमिटीको अध्यक्षमा पत्रकार घनश्याम आचार्य चयन हुनुभएको छ । एमाले नगर कमिटीको बुधबार लिवाङमा सम्पन्न प्रथम अधिवेशनले आचार्यलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा बालाराम डाँगी, सचिवमा दुर्गा पुन, उपसचिवमा सविना विश्वकर्मा र उपसचिवमा रामबहादुर बुढाथोकीलाई चयन गरेको छ । रोल्पा नगरपालिकाको कमिटी ३१ सदस्यीय बनेको एमाले नेतृ इश्वरी जिएमले जानकारी दिनुभयो ।

अध्यक्ष आचार्य २०४७ सालमा अनेरास्ववियु रोल्पाको अध्यक्ष हुनुभएको थियो । रोल्पामा मानबअधिकार र पत्रकारिता क्षेत्रमा गतिलो छाप बनाउनुभएकालामो समयपछि पुनः राजनीतिमा सक्रिय हुनुभएको हो ।