काठमाडौं, २६ कात्तिक । नेकपा एमालेले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । आज ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा पार्टीको १० औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव ईश्वर पोखरेलले सो लोगो सार्वजनिक गर्नुभएको हो ।

कार्यक्रममा एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले महाधिवेन प्रचारका लागि डिजिटल माध्यमको व्यापक प्रयोग गर्ने जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा पार्टीका कार्यालय सचिव शेरबहादुर तामाङले ईसेवामार्फत् पार्टीका हरेक सदस्यहरुलाई कम्तिमा पनि सय रुपैयाँ महाधिवेशनका लागि आर्थिक सहायता प्रदान सिष्टमबारे जानकारी गराउनुभयो । एमालेको सो राष्ट्रिय महाधिवेशन यही मंसीर १०, ११ र १२ गते चितवनमा आयोजना हुँदैछ । महाधिवेशनमा १९९९ जना प्रतिनिधिहरु सहभागी हुनेछन । त्यसका लागि भोली देशभर प्रतिनिधि चयन हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्