जनता टाइम्स

२६ कार्तिक २०७८, शुक्रबार १६:०१

न्यायपालिका शुद्धीकरण उच्चस्तरीय आयोग गठन गर्न माग


काठमाडौं, २६ कात्तिक । विवेकशील साझा पार्टीको रवीन्द्र मिश्र समूहले न्यायपालिका शुद्धीकरण उच्चस्तरीय आयोग गठन गर्न माग गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर सर्वोच्च अदालतकै न्यायाधीश र नेपाल बार एसोसिएसन आन्दोलनमा उत्रिएका बेला उक्त माग गरिएको हो ।

विवेकशील साझा पार्टी प्रवक्ता उल्लेख गरेर शरदराज पाठकले शुक्रबार जारी गरिएको विज्ञप्तिमा उल्लेख छ, ‘एक जना पात्रलाई पदबाट हटाएर मात्र न्यायपालिकाको अहिलेको समस्यामा ठोस सुधार आउनेछैन, तर त्यो सुधारको प्रस्थान बिन्दु भने बन्न सक्छ । अतः समस्याको स्थायी समाधान खोज्न संसद् र सरकारको सिफारिसमा राष्ट्रपतिबाट ’न्यायपालिका शुद्धीकरण उच्चस्तरीय आयोग’ गठनका लागि विवेकशील साझा पार्टी जोडदार माग गर्दछ ।’