महोत्तरी, कात्तिक २६ । नेपाली कांग्रेस महोत्तरीले शनिबार हुने अधिवेशनका लागि नेपाल शिक्षक संघमा आवद्ध शिक्षकहरूलाई निर्वाचन अधिकृतका रूपमा परिचालन गरेको छ । जिल्लाका १३८ वटा वडाहरूमा एक–एक जना शिक्षकलाई परिचालन गरेको नेपाली कांग्रेस महोत्तरीले जनाएको छ ।
१३८ मध्ये ८० प्रतिशत वडाहरूमा सर्वसम्मत चयन हुने र बाँकी २० प्रतिशतमा अझै विवाद रहेको नेपाली कांग्रेस महोत्तरीका सभापति महेन्द्रकुमार रायले जानकारी दिनुभयो ।
विवाद रहेका २० प्रतिशत वडाहरूमा सर्वसम्मत प्रयास गर्ने यदि विवाद यथावत् रहेमा निर्वाचन गरेर भए पनि वडा अधिवेशन सम्पन्न गर्ने नेपाली कांग्रेसको तयारी छ । क्रियाशील सदस्यहरूको विवाद समाधान भएपछि नेपाली कांग्रेसले १३ वटा जिल्लाहरूमा नयाँ अधिवेशनको कार्यातालिका सार्वजनिक गरेको थियो ।













प्रतिक्रिया दिनुहोस्