जनता टाइम्स

२६ कार्तिक २०७८, शुक्रबार १८:३५

२० वर्षपछि कर्तव्य ज्यानका फरार अभियुक्त पक्राउ


लमजुङ २६ कात्तिक । लमजुङ प्रहरीले कर्तव्य ज्यान मुद्दामा २० वर्षदेखि फरार रहेका अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले लमजुङको राईनास नगरपालिका-४ बस्ने वर्ष ४१ का चन्द्रप्रसाद पराजुलीलाई पक्राउ गरेको हो । १ मंसिर २०५८ मा पराजुलीले आफ्नै बुबा वर्ष ५५ का खगेश्वर पराजुलीलाई बन्चरो प्रहार गरी गोवर ग्यासको सेफ्टी ट्याङ्कीमा फाली फरार रहेका थिए ।

प्रहरीले उनलाई लुकिछिपी बसेको अवस्थामा उनकै घरबाट २२ कात्तिक सोमबार पक्राउ गरेको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताउनुभयो । पक्राउ परेका पराजुलीलाई आज जिल्ला सरकारी वकिल कार्यालय लमजुङबाट अभियोग पत्रसहित जिल्ला अदालत लमजुङमा पेस गरी पूर्पक्षको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख डीएसपी कार्कीले बताउनुभयो ।