जनता टाइम्स

२७ कार्तिक २०७८, शनिबार ०७:२०

जनवर्गीय संगठनका अधिवेशन ३ पुसभित्र गर्ने एमाले बैतडीको निर्णय


सीपी लोहिया/बैतडी । नेकपा एमाले बैतडीको जिल्ला उपाध्यक्षमा रमिल बम चयन हुनुभएको छ । रिक्त रहेको उपाध्यक्ष पदमा बमलाई २४ कात्तिकमा प्रदेश कमिटीको बैठकले चयन गरेपछि सुक्रबार सपथ ग्रहण गराइएको हो ।

यसैगरी प्रदेश कमिटीको बैठकले जिल्ला उपसचिवमा सरस्वती नेपालीलाई मनोनयन गरेपछि दुवैजनालाई सुक्रबार जिल्ला कमिटी अध्यक्ष सुरेन्द्र पालले सपथ ग्रहण गराउनु भयो । एमाले बैतडीको पूूर्ण बैठकमा १२ कात्तिकमा सम्पन्न वडा कमिटीको अधिवेशन र १५ कात्तिकमा सम्पन्न पालिका कमिटीको अधिवेशनका विषयमा छलफल गरेको छ । पार्टीको वडा र पालिका कमिटीहरुलाई व्यवस्थीत बनाउने, पालिकास्तरीय जनवर्गीय संगठनलाई व्यवस्थित बनाउने विषयमा छलफल भएको पार्टी जिल्ला कमिटी सदस्य बलभद्र दयालले बताउनु भयो ।

बैठकले पार्टीको जनवर्गिय संगठनका जिल्ला अधिवेशनको मिति समेत तय गरेको छ । जस अनुसार युवा संघको जिल्ला अधिवेशन २० मंसिर, अनेरास्ववियुको २५ मंसिर, अखिल नेपाल महिला संघको २८ मंसिर, नेपाल उत्पीडित जातीय मुक्ति समाजको २ पुस र किसान महासंघको ३ पुसमा जिल्ला अधिवेशन गर्न मिति तय गरिएको एमाले जिल्ला उपसचिव सरस्वती नेपालीले बताउनु भयो ।