अर्घाखाँची, कात्तिक २७ । अर्घाखाँचीबाट नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनका लागि सर्वसम्मत रुपमा १६ जना प्रतिनिधि चयन गरेको छ ।
चयन भएका प्रतिनिधिहरुमा खुल्लाबाट चेतनारायण आचार्य, रामजीप्रसाद घिमिरे, कुटमुदिन अलि, जनार्दन खनाल, पिताम्बर भुसाल, प्रकाश ज्ञवाली, तोजबहादुर रायमाझी, काशिराम आचार्य र खगिश्वर पन्थी हुनुहुन्छ ।
यस्तै महिलातर्फ जालपा भुसाल, प्रमिला क्षेत्री, बिजुला रायमाझी र बिष्णुमाया आचार्य चयन हुनुभएको छ । यसैगरी दलिततर्फ भोज बहादुर गन्धर्व, लिलबहादुर बिक र शिवकला बिक चयन हुनुभएको नेकपा एमाले अर्घाखाँचील जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्