जनता टाइम्स

२७ कार्तिक २०७८, शनिबार ०९:१८

कपिलवस्तु-१ बाट सर्वसम्मत छानिए एमाले महाधिवेशनका ८ जना प्रतिनिधि


कपिलबस्तु, कात्तिक २७ । नेकपा एमालेको दशौ महाधिवेशनमा सहभागी हुनका लागि कपिलवस्तुको निर्वाचन क्षेत्र नं १ मा ८ जना प्रतिनिधि निर्विरोध चयन भएका छन् ।

प्रक्रिया अन्तरगत उम्मेदवारी दिएकाहरुले आवश्यकता अनुसार प्रतिनिधि चयन गर्न नेतृत्वलाई जिम्मेवारी दिएपछि निर्विरोध प्रतिनिधि चयन भएको एमाले कपिलवस्तुले जनाएको छ । सहमतिअनुसार कपिलबस्तु १ बाट खुल्लातर्फ जिल्ला अध्यक्ष झबिलाल पोखरेल, प्रदेशसभा सदस्य बिष्णु पन्थी, विश्राम चौधरी, डम्बर शर्मा, घरबरण यादव र विश्व कार्की चयन हुनुभएको छ । यस्तै महिलातर्फ प्रभा पौडेल र शान्ता पाण्डे चयन हुनुभएको छ ।

त्यसैगरी कपिलवस्तु जिल्लाबाटै दलित प्रतिनिधिमा भने शान्ति देवी हरिजन र सिवि गहतराज निर्विरोध चयन हुनुभएको एमालेले जनाएको छ। क्षेत्र नं २ मा पनि निर्विरोध रूपमा ६ जना छनौट भएको नेता भेषराज पाण्डेले जानकारी दिनुभयो ।

३ निर्वाचन क्षेत्र रहेको कपिलवस्तुका क्षेत्र नं ३ मा पनि निर्विरोध प्रतिनिधि चयनका लागि अन्तिम तयारी भइरहेको छ । यहाँबाट ५ जना चुनिने छन् । कपिलवस्तुबाट खुल्ला दलित र महिला गरी १९ जना प्रतिनिधि चयन हुनेछन् ।