जनता टाइम्स

२७ कार्तिक २०७८, शनिबार १५:२९

सवैभन्दा बढी संगठित सदस्य रहेको मोरङमा एमालेले छान्यो सर्वसम्मत प्रतिनिधि (सूचीसहित)


बिराटनगर, कात्तिक २७ । आगामी मंसिर १०–१२ सम्म चितवनमा हुने नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनका लागि मोरङका पाँच वटा निर्वाचन क्षेत्र र दलित क्षेत्रबाट सर्वसम्मत रुपमा प्रतिनिधि चयन गरिएको छ । महाधिवेशनमा मोरङ क्षेत्र नम्वर १ बाट खड्गबहादुर वस्नेत, अग्नि भट्टराई, नरेन्द्रप्रसाद ढुङ्गेल, घनश्याम खतिवडा, उमाकान्त गौतम, भूपेन्द्रकुमार लावती, लक्ष्मीदेवी भण्डारी, निर्मला राई, शान्तिकुमारी लिम्वु प्रतिनिधि चयन हुनुभएको छ ।

यसैगरी क्षेत्र नम्वर २ बाट ऋषिकेश पोखरेल, मेघनाथ कट्टेल, चन्द्रकला भण्डारी, लीलाबल्लभ अधिकारी, गोपाल थापा, मीरा दास, पर्शुराम कटुवाल, खेमकुमारी निरौला दाहाल, डिल्ली दाहाल, हसन इनाम बक्स र इर्जालाल राजवंशी सर्वसम्मत प्रतिनिधि चयन हुनुभएको छ । यस्तै क्षेत्र नम्वर ३ बाट राजकुमार ओझा, केदार गुरागाई, ज्ञानेन्द्र सुवेदी, डिपी राई, ताराबहादुर काफ्ले, रामकुमार वस्नेत, देवराज भण्डारी, दिलिप राई, धनमायाँ तामाङ, ढाकाकुमारी पराजुली र राजकुमारी इङनाम चयन हुनुभएको छ ।

यस्तै क्षेत्र नम्वर ४ बाट नन्दराज गिरी, कुमार आचार्य, धर्मलाल सिंह, रामबहादुर घिमिरे, महेशप्रसाद भट्टराई, बाबुराम कार्की, विमला दाहाल घिमिरे र गुणवति देवी थारु चयन हुनुभएको छ भने क्षेत्र नम्वर ५ बाट डिल्लीराम घिमिरे, मनोज अग्रवाल, धर्मानन्द सञ्जेल, ज्ञानेश्वर राजवंशी, योगेन्द्र मण्डल र मीनादेवी यादव महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन हुुनुभएको छ ।

दलित निर्वाचन क्षेत्रतर्फ खेम नेपाली, कृष्ण बर्देवा, जितनारायण सरदार र गितादेवी शिवा चयन हुनुभएको छ । क्षेत्र नम्वर ६ मा सर्वसम्मतका लागि पहल भईरहेको नेताहरुले बताएका छन् । कात्तिक २७ गते शनिवार प्रतिनिधि चयनका लागि विहीबार मनोनयन दर्ता गरिएको थियो । ५७ महाधिवेशन प्रतिनिधिका लागि १७० जनाको उम्मेदवारी परेको थियो । क्षेत्र नम्वर १, २, ३, ४, ५ र दलित क्षेत्रमा निर्धारित संख्या बाहेकका उम्मेदवारले मनोनयन फिर्ता लिएपछि निर्विरोध निर्वाचित भएको घोषणा गरिएको निर्वाचन समितिले जनाएको छ ।