मुगु, कात्तिक २७ । नेपाल कम्युनिस्ट पार्टी नेकपा एमालेले मुगुमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । नेकपा एमाले मुगुले वडा तह र स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको हो ।
जिल्लाको छायानाथ रारा नगरपालिकामा परेकराज चौलागाईं, खत्याड गाउँपालिकामा डिलबहादुर थापा, सोरु गाउँपालिकामा दानबहादुर बुढा र मुगुम कार्मारोङ गाउँपालिकामा रतनबहादुर बुढाको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन गरेको एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा जिल्ला पार्टी प्रवक्ता डवलबहादुर रोकायाले जानकारी दिनुभयो ।
ुजिल्लामा सञ्चालन भएका वडा तह र स्थानीय तहको नेतृत्व सर्वसम्मत चयन गरेका हौुं, रोकायाले भन्नुभयो। जिल्लाको ४५ वडामा ३१ सदस्सीय कमिटी रहेको छ भने चार वटा स्थानीय तहमा अध्यक्षसहित ७५ सदस्सीय कमिटी रहेको रोकायाले जानकारी दिनुभयो । मुगुम कार्मारोङ गाउँपालिका–८ को अध्यक्षमा २० वर्षीय छिरिङ ग्याम्जो लामा चयन भएका छन ।
छायानाथ रारा नगरपालिका–२ को अध्यक्षमा रूपबहादुर तिरुवा र वडा नम्बर ११ मा दलबहादुर कुमाल वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । नगरपालिकाको वडा नम्बर ४ को वडा अध्यक्षमा रजनी भाम चयन भएको एमाले मुगुले जानकारी दिएको छ । राष्ट्रिय महाधिवेशनको लागि मुगु जिल्लाबाट ८ जना प्रतिनिधि छनोट प्रक्रिया रहेका छन् ।













प्रतिक्रिया दिनुहोस्