जनता टाइम्स

२७ कार्तिक २०७८, शनिबार २०:३८

केपी ओली फेरि सर्वसम्मत अध्यक्ष हुनुहुन्छ : टोपबहादुर रायमाझी


काठमाडौं, २७ कार्तिक । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले आफूहरुको १०औं महाधिवेशनमार्फत सर्वसम्मत रुपमा केपी शर्मा ओली अध्यक्षमा चयन हुने धारणा ब्यक्त गर्नुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै नेता रायमाझीले १०/१२ मंसिरमा चितवनमा सम्पन्न हुने राष्ट्रिय महाधिवेशनले ओलीलाई सर्वसम्मत फेरि अध्यक्ष चुन्ने बताउनुभयो । ‘हामीले विधान महाधिवेशनमा विधान सर्वसम्मत पारित गर्‍यौ । अब नेतृत्व चयन गरिने हो ।

अब पार्टीमा नयाँ नेतृत्वको निर्माण गर्छौं । सायद, केपी शर्मा ओली सर्वसम्मत् अध्यक्ष हुनुहुन्छ । विधान अधिवेशनले पनि यो कुराको संकेत गरिसकेको छ,’ उहाँले भन्नुभयो । एमालेले आफ्नो आन्तरिक काम सम्पन्न गरिसकेको भन्दै उहाँले स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनमा केन्द्रीत भएर अब संगठन विस्तारमा अघि बढ्ने बताउनुभयो उक्त कार्यक्रममा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले न्यायालयमा देखिएको समस्या गर्न सरकार जिम्मेवार नभएको आरोप लगाउनु भएको छ ।

नेता रायमाझीले न्यायालयमा देखिएको समस्याको दोष प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मात्रै लगाएर अन्य न्यायाधीशहरुलाई चोख्याउने पक्षमा आफ्नो पार्टी नरहेको पनि स्पष्ट पार्नु भयो ।उहाँले प्रधानन्यायाधीश जबराले गल्ती गर्नु भएको छैन भनेर भन्न नमिल्ने उल्लेख गर्दै त्यो गल्तीको जिम्मेवारी अन्य न्यायाधीशहरुले पनि लिनुपर्ने तर्कं गर्नु भयो । उहाँले भन्नु भयो, ‘जे गलत निर्णयहरु न्यायालयबाट भयो । त्यसमा सबै न्यायमूर्तिहरुको सहमती थियो नि ।

जसजसले सो गल्ती निर्णय गरेका थिए, ती सबैले कारबाही भोग्नु प¥यो नि । सरकारले महाअभियोग लगाउने हो भने लगाउनु प¥यो । सरकारको जिम्मेवारी हो नि । दोष एउटा व्यक्तिमाथि थोपर्ने अनि पन्छिन मिल्दैन । निश्चय नै प्रधानन्यायाधीशले गल्ती गर्नु भएको भन्दिन म । अदालतको अनुसन्धानबाट तथ्य आउला । तर सरसर्ती हेर्दा अन्य न्यायाधीशहरुले पनि जिम्मेवारी लिनुपर्ने हुन्छ ।’ नेता रायमाझीले एमसीसी संसदबाट पारित गर्ने/नगर्ने भन्ने कुरा सरकारले प्रस्ताव ल्याएपछि मात्रै आफ्नो पार्टीको धारणा आउने अडान दोहो¥याउनु भयो । उहाँले सरकारले विकास