जनता टाइम्स

२८ कार्तिक २०७८, आईतवार ०८:४७

लुम्बिनी सम्पर्क कमिटीले छान्यो शंकर पोखरेलका स्वकीय सचिवसहित महाधिवेशन प्रतिनिधि


काठमाडौं, कात्तिक २८ । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको लागि लुम्बिनी प्रदेश सम्पर्क कमिटीको तर्फबाट चर्चित बैचारिक नेता शंकर पोखरेलका स्वकीय सचिव सरोजकुमार रेग्मीसहित पाँच जना सर्वसम्मत प्रतिनिधि चयन हुनुभएको छ ।

सो कमिटीले रेग्मीसहित थानेश्वर बस्याल, पर्शुराम पाण्डे, हरि नेपाली, र शान्ति गौतमलाई महाधिवेशन प्रतिनिधि चयन गरेको हो ।