जनता टाइम्स

२८ कार्तिक २०७८, आईतवार ०८:५५

यी हुन् एमाले बाँकेबाट सर्वसम्मत चुनिएका महाधिवेशन प्रतिनिधि


नेपालगन्ज, कात्तिक २८ । नेकपा एमालेको दशौं महाधिवेशनका लागि बाँकेबाट सर्वसम्मत प्रतिनिधि छनौट भएको छ । जिल्ला स्थित पालिका कमिटी,वडा कमिटी र जिल्ला कमिटी सचिवालय सदस्यहरुको म्यान्डेटको आधारमा नेतृत्वले सर्वसम्मत प्रतिनिधि चयन भएको अध्यक्ष निरक गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार, बाँके क्षेत्र नम्बर १ बाट देबराज भार, सूर्य ढकाल, प्रेम भुसाल, बसन्ती अधिकारी र भारती खनाल, क्षेत्र नम्बर २ बाट निरक गुरुङ, अशोक कर्माचार्य, हलिम साह, बिजया धिताल र क्षेत्र नम्बर ३ बाट किस्मत कक्षपति, रत्न खत्री, घननाथ खनाल र भूमिसरा धिताल प्रतिनिधि चयन हुनुभएको छ ।