जनता टाइम्स

२८ कार्तिक २०७८, आईतवार ११:५६

माधव नेपाल भात खान मेरो घर आएका हुन, म एमालेमै छु : द्वारिकलाल चौधरी


सुनसरी, कात्तिक २८ । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफ्नो घरमा खाना खान मात्रै आएको र आफू नेकपा एमालेमै रहेको प्रष्टीकरण दिनुभएको छ ।

गत शुक्रबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालसहितका नेताहरूसँग बसेर खाना आएको तस्बिर सार्वजनिक भएपछि उहाँले यस्तो बताउनु भएको हो ।

इटहरीमा आइतबार पत्रकारहरूसँग कुरा गर्दै चौधरीले आफू अहिले पनि एमालेमै रहेको र नेकपा एसमा जान संभव नहुने बताउनु भयो । ‘माधव नेपाल मकहाँ आउनु भयो । मैले खाना खुवाएको हुँ’, चौधरीले भन्नुभयो, ‘खाना खाएर माधव नेपाल फर्कनुभयो । म नेकपा एसमा गएको हल्ला गलत हो । अहिले पनि एमालेमै छु ।’

गत शुक्रबार चौधरीलाई भेट्न मुख्यमन्त्री राजेन्द्र राईसहित अध्यक्ष नेपाल चौधरीकै निवास पुग्नुभएको थियो ।