काठमाडौं, कात्तिक २८ । नेपाली सेनाको ट्रक दुर्घटनामा परेको छ । तालिमका सामग्रीहरु अजीरकोट गाउँपालिका ३ भच्चेक पुर्याएर फर्कने क्रममा लु १ ग १३९ नम्बरको ट्रक सिरानचोक गाउँपालिका ५ भालुमारे भन्ने ठाउँमा पल्टेर दुर्घटना भएको हो । गोरखामा ट्रक दुर्घटना भएको नेपाली सेनाका मेजर प्रकाश परियारले बताउनुभयो ।
ट्रक सडकबाट करिब ३० मिटर तल खसेको छ। ट्रकमा चालक र एक जना कमाण्डर रहेको उहाँले बताउनुभयो । दुबै जनाको अवस्था सामान्य रहेको र ट्रकमा भने धेरै क्षती भएको छ । ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ । सडकबाट खसेको ट्रक निकाल्ने प्रयास भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्