जनता टाइम्स

२८ कार्तिक २०७८, आईतवार १८:४०

एमाले महाधिवेशनका लागि डडेल्धुराबाट सर्बसम्मत छानिए प्रतिनिधि


डडेल्धुरा, कार्तिक २८ । नेकपा एमालेको आसन्न १० औं महाधिवेशनका लागि डडेल्धुराबाट सर्बसम्मत रुपमा ९ जना प्रतिनिधिको टुंगो लागेको छ । आइतबार महाधिवेशन प्रतिनिधि चयन गरिएको हो । प्रदेश सभा सांसद पठानसिंह बोहरा, पदमराज जोशी,गजेन्द्र शाही, पदम पाल चयन हुनुभएको छ ।

यस्तै दलित खुलातर्फ करन ताम्राकार, सुन्दर जैरू, दलित महिला तर्फ ज्ञानु देवी गैरे ,महिला तर्फ तारा खाती र कृष्णा ओझा प्रतिनिधि छनौट भएको नेकपा एमाले डडेल्धुराले जनाएको छ । प्रतिनिधि चयन भएका छन् जिल्लाबाट सिफारिस भएका छन् । एमाले महाधिवेशन १० मंसिरबाट चितवनको सौराहामा हुँदैछ ।