जनता टाइम्स

२८ कार्तिक २०७८, आईतवार १९:५७

प्रचण्ड-माधवले झुटो बोलिरहेको प्रधानमन्त्री देउवाको आरोप, आगामी चुनावमा कसैसँग गठबन्धन नगर्ने घोषणा


काठमाडौँ, कार्तिक २८ । कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी चुनावमा गठबन्धन गर्नेबारे कसैसँग कुनै सहमति नभएको बताउनुभएको छ । आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा उठेका सवालहरुको जवाफ दिने क्रममा देउवाले सत्ता गठबन्धनमा आगामी चुनावमा सामेल हुने विषयमा कुनै सहमति नभएको स्पष्ट पार्नुभएको छ ।

उहाँले कांग्रेसले एक्लै चुनावमा लड्न सक्ने बताउनुभयो । ‘कसैसँग पनि गठबन्धन हुन्नँ । एक्लै लड्ने हो । गठबन्धन गर्ने भनेर कसैसँग कुनै सहमति भएको छैन,’ उहाँले भन्नुभयो । देउवाले गठबन्धन दलहरुबीच बनेको राजनीतिक समन्वय समिति राष्ट्रियसभा चुनावसम्ममात्रै सक्रिय हुने बताउनुभयो । प्रतिपक्षका दलका नेतारुले भने गठबन्धनको हरीबिजोग भएको बताएका छन् ।

विभिन्न बैठकमा विभिन्न भनाईहरु आउदा यो गठबन्धन नै धरापमा परेको राजनीति वृत्तमा टिप्पणी गर्न थालिएको छ ।