जनता टाइम्स

२९ कार्तिक २०७८, सोमबार १०:०३

काँडेभञ्याङमा जिप दुर्घटना : ३ जनाको मृत्यु, १३ घाइते


काठमाडौं, २९ कार्तिक । ओखलढुंगामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सुनकोशी गाउँपालिका ९ काँडेभञ्याङ नजिकै आज बिहान ७ ३० बजेतिर जिप दुर्घटनामा परेको हो।जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायब उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार जिप दुर्घटनामा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा १३ जना घाइते छन्।‘घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ। हेलिकप्टर मगाएका छौं,’ उहाँले भन्नुभयो घाइतेहरूलाई काठमाडौं ल्याउने तयारी छ। प्रदेश ३-१०२२-च९६९४ नम्बरको जिप दुर्घटनामा परेको प्रहरीको भनाइ छ।दुर्घटनामा परेका घाइतेहरूको प्रहरीले उद्धार गरिसकेको छ। मृतकहरूको खनाखत भइसकेको छैन।