जनता टाइम्स

२९ कार्तिक २०७८, सोमबार १७:१६

अब फेसबुकबाटै पैसा , यस्तो छ तरिका



काठमाडौं, २९ कार्तिक। फेसबुकले आफ्ना सेवाग्राहीका लागि खुसीको खबर ल्याएको छ। कम्पनीले फेसबुक ग्रुपका लागि मनिटाइजेसन फिचर ल्याउने तयारीमा छ। फेसबुकले यसका लागि नयाँ टुलको टेस्टिङ गरिरहेको छ, जसमार्फत ग्रुप एड्मिनले आम्दानी गर्न सक्नेछन्।

परीक्षणमा रहेको यो टुल्समा एडमिनका लागि सपिङ, फन्डरेजिङ र सब्स्क्रिप्सन जस्ता फिचर रहेका छन्। फेसबुकका अनुसार यी नयाँ फिचर ग्रुप एड्मिनका लागि निकै सहयोगी हुनेछन् र उनीहरूलाई मनिटाइजेसनका लागि तीन विकल्प उपलब्ध हुनेछन्।

फेसबुक ग्रुप एड्मिन कम्युनिटी शप्स तथा फन्ड रेजिङको माध्यमबाट पैसा जुटाउन सकिनेछ। कम्युनिटी शप्स फेसबुकमा यस अघिदेखि उपलब्ध फिचर हो। अब ग्रुप एड्मिनले यसबाट पनि मर्चेन्डाइज बिक्री गर्न सक्नेछन्। फन्डरेजिङ फिचरको माध्यमबाट फेसबुक ग्रुप एड्मिनले कुनै पनि प्रोजेक्टको लागि क्राउड फन्डिङ जुटाउन सक्नेछन्। ग्रुप चलाउन आवश्यक खर्चका लागि ग्रुप एड्मिनले प्रयोगकर्ता तथा सदस्यहरूसँग पैसा मागेर आम्दानीको स्रोत बनाउन सक्नेछन्।

अर्को फिचर भनेको सब्स्क्रिप्सनको हो। सशुल्क सब(ग्रुप -उप-समूह) यस्तो फिचर हो, जसमा फेसबुक ग्रुपभित्र रहेका सीमित सदस्यहरूका लागि बनाइएका साना साना ग्रुपमा राख्न सकिन्छ। यसको माध्यमबाट जसलाई अतिरिक्त कन्टेन्ट चाहिन्छ, त्यस्ता प्रयोगकर्ताले युजर सब्सक्रिप्सन खरिद गरेर पहुँच पाउन सक्छन्। सब्स्क्रिप्सनको पैसा ग्रुप एड्मिनलाई दिइन्छ। फेसबुक ग्रुपमा सब-ग्रुप बनाउने विकल्प रहनेछ।

यस्तोमा तपाईंले सब(ग्रुप बनाएर क्राउड फन्डिङ लिन सक्नुहुन्छ। फेसबुक चाहन्छ कि क्रियटरले ग्रुपको माध्यमबाट आम्दानी गर्न सकुन्। यस्तोमा प्रयोगकर्ताका लागि एड्मिनहरूले खास किसिमका सामग्री पस्किन सकुन्। त्यसो त फेसबुकका सबै ग्रुपले यो सुविधा चाहन्छन् भन्ने छैन। तर कयौं ग्रुप अहिले पनि मर्चेन्डाइज तथा फन्ड रेजिङ गराइरहेका हुन्छन्। फेसबुकले यो फिचर सबै ग्रुपका लागि एकसाथ सार्वजनिक भने गर्नेछैन।

कम्पनीले यो फिचर क्रमशः उपलब्ध गराउनेछ। मनिटाइजेसन फिचरसँगै फेसबुक ग्रुपमा अन्य नयाँ फिचर समेत आउनेछन्। जसमा नयाँ कस्टमाइजेसन फिचर उपलब्ध हुनेछन्। जसको सहयोगमा ग्रुप एड्मिनले आफ्नो ग्रुपको ब्याकग्राउन्ड कलर, फन्ट स्टाइल आदि परिवर्तन गर्न सक्नेछन्। फेसबुक ग्रुप एड्मिन तथा मोडेरेटरका लागि कम्युनिटी च्याट हुनेछ। जसको सहयोगमा उनीहरूले आपसमा राम्रोसँग सञ्चार गर्न सक्नेछन्। एउटा नयाँ फिचर्ड सेक्सन पनि हुनेछ। जसमा एड्मिन कन्ट्याक्टलाई कोपिन गर्न सकिनेछ। यस बाहेक कम्पनीले आगामी दिनमा फेसबुक पेज र ग्रुपका लागि अन्य टुल्स समेत परीक्षण गर्ने तयारी गरिरहेको छ।