जनता टाइम्स

२९ कार्तिक २०७८, सोमबार १७:२५

धनकुटामा रित्तियो माओवादी, जनप्रतिनिधिसहित १५ सय नेता–कार्यकर्ता एमाले प्रवेश


धनकुटा, कात्तिक २९ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र धनकुटामा सून्यप्रायः बनेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा आज माओवादीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिसहित जिल्लाका १५ सय बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन ।

आज शहीदभूमि गाउँपालिकाको छिन्ताङमा आयोजित एमालेको सभामा धनकुटा नगरपालिका ९ मा नेकपा माओवादीबाट निर्वाचित वडाध्यक्ष सन्दीप रायमाझी र महालक्ष्मी नगरपालिका३ मा नेकपा माओवादीबाटै निर्वाचित वडाध्यक्ष भरत थापालगायतका नेता–कार्यकर्ता एमालेमा प्रवेश गर्नुभएको छ । उहाँहरुलाई एमाले अध्यक्ष ओलीसहित बरिष्ठ नेताहरु र धनकुटा एमाले अध्यक्ष राजेन्द्र राईले स्वागत गर्नुभएको छ ।

वप्रवेसीहरुले माओवादी अव कम्युनिष्ट नरहेको र मुलुकको समृद्धिको बिरुद्धमा उभिएकोले आफूहरु एमालेमा प्रवेश गरेको बताउनु भएको छ ।