जनता टाइम्स

२९ कार्तिक २०७८, सोमबार १९:३३

कांग्रेसले ताक्यो वडा समिति उम्मेद्‍वारको शुल्क


काठमाडौं, कात्तिक २९ । नेपाली कांग्रेसले उम्मेद्‍वारी दर्ता शुल्क तोकेको छ। कांग्रेसले १४औं महाधिवेशनका लागि विभिन्न तह र पदको उम्मेद्‍वारी शुल्क तोकेको हो ।

काग्रेसले गाउँपालिकारनगरपालिकाका वडा कार्यसमिति सभापतिका लागि पाँच सय तोकेको छ । यस्तै उपसभापति, सचिव र सहसचिवका लागि तीन सय, प्रदेश सभा क्षेत्रीय प्रतिनिधिका लागि पाँच सय र सदस्यको लागि एक सय रकम तोकिएको छ । पार्टीको अनुसूची २५ अनुसार उम्मेद्‍वारी शुल्क तोकिएको कांग्रेसले जनाएको छ ।