जनता टाइम्स

३० कार्तिक २०७८, मंगलवार ११:००

न्यायालयमा बेथिति भित्रिएको कांग्रेसकै पालमा हो – शंकर पोखरेल


काठमाडौं, कार्तिक ३० । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवम् पूर्वमुख्यमन्त्री शंकर पोखरेलले नेपाली कांग्रेसको पालामा न्यायालयमा बेथिति भित्रिएको बताउनु भएको छ । मंगलबार बिहान सामाजिक सञ्जलमार्फत नेता पोखरेलले नेपाली कांग्रेसका नेता नरहरि आचार्य मन्त्री भएको बेला कांग्रेसको निर्देशनमा सक्षम न्यायाधीशहरुको म्याद थप नगरी विवादास्पद र असक्षमहरुलाई सर्वोच्चमा भित्र्याएपछि नै अदालतमा विकृतिको विजारोपण भएको उल्लेख गर्नुभएको छ ।

अहिले भइरहेको अदालती विकृति त्यस बेलाकै सहउत्पादन भएको पोखरेलले बताउनुभयो । उहाँले “न्यायालयभित्रको अहिलेको बेथितिको कारण मध्ये नरहरि आचार्य कानुन मन्त्री भएका बेलामा नेपाली कांग्रेसको निर्देशनमा सर्वोच्चका तुलनात्मक रुपमा सक्षम अस्थायी न्यायाधीशहरुको अवधि थप नगरी कमजोर र विवादास्पद कार्यक्षमता भएकाहरुलाई ल्याउनुको परिणाम हो । अन्यकुरा त्यसकै सहउत्पादन हो । राष्ट्रियसभाका माननीय सदस्य राधेश्याम अधिकारीजीलाई यस प्रकरणका बारेमा राम्रो जानकारी छ,” फेसबुकमा लेख्नुभएको छ ।