जनता टाइम्स

३० कार्तिक २०७८, मंगलवार १६:५१

मुख्यमन्त्री राईले विश्वासको मत लिन पाएनन्


काठमाडौं, ३० कार्तिक । प्रमुख विपक्षी दल नेकपा एमालेका सांसद नआएपछि मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिन पाउनु भएन । प्रदेश १ को प्रदेशसभामा एमालेका सांसद नआएपछि उहाँले विश्वासको मत लिन नपाउनुभएको हो । बैठक भोलि विहान साढे ११ बजेसम्मका लागि स्थगित भएको छ। एमालेले नेत्रविक्रम चन्द विप्लवको आह्वानमा भएको बन्दका कारण बैठकमा आउन नपाएको जनाएको छ।