जनता टाइम्स

३० कार्तिक २०७८, मंगलवार २०:०५

एमाले महाधिवेशनमा युरोपबाट सात जना प्रतिनिधि चयन


लण्डन, कात्तिक ३० । नेकपा एमालेको दशौं महाधिवेशनका लागि बेलायतसहित यूरोपबाट सात जना प्रतिनिधि चयन भएका छन् । एमाले निकट प्रवासी नेपाली मञ्चबाट विश्वभर रहेका कार्यकर्तामध्ये ४० जना प्रतिनिधिको कोटा तोकिएकोमा यूरोपबाट ७ जना चयन भएका हुन् ।

एमाले महाधिवेशनमा बेलायतबाट भक्त गुरुङ चयन हुनुभएको छ । अनेरास्ववियुका पूर्व उपाध्यक्ष गुरुङ प्रवासी नेपाली मन्चका अध्यक्ष पनि हुनुहुन्छ । गुरुङसहित महाधिवेशन प्रतिनिधिमा स्पेनबाट मुक्तवहादुर गुरुङ, पोर्चुगलबाट गोविन्द पौडेल, बेलायतबाटै कल्पना त्रिपाठी, बेल्जियमबाट सरस्वती चापागाई र रसियाबाट डा. विमला भण्डारी चयन हुनुभएको छ ।