जनता टाइम्स

१ मंसिर २०७८, बुधबार ०९:३३

एकीकृत समाजवादी रोजेका अर्घाखाँचीका एक जनप्रतिनिधि एमालेमै फर्किए


काठमाडौं, मंसिर १ । एकीकृत समाजवादीमा लागेका अर्घाखाँचीका एक जना जनप्रतिनिधि एमालेमै फर्किनु भएको छ । पाणिनी गाउँपालिका–३ का निर्वाचित वडा सदस्य ओमप्रकाश भुसाल एमालेमै फर्कनुभएको हो ।

नेकपा एमाले जिल्ला कमिटीका तत्कालीन सदस्य समेत रहनुभएका भुसालले मंगलवार एक विज्ञप्ति निकालेर आफू एमालेमै फर्किएको जानकारी गराउनुभएको हो । यसअघि उहाँले एकीकृत समाजवादीमा हस्ताक्षर गर्नुभएको थियो । पार्टी विभाजनलाई स्वीकार्न नसकेपछि एमालेमै फर्किएको भुसालले हस्तलिखित विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।