जनता टाइम्स

१ मंसिर २०७८, बुधबार १०:५३

बारको धर्नाबीच प्रधानन्यायाधीशले तोके १० इजलासमा १८६ मुद्दाको पेसी


काठमाडौं, मंसिर १ ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले बुधबार पनि धर्ना कार्यक्रमलाई जारी राखेको छ ।

बारको धर्ना भइरहँदा प्रधानन्यायाधीश जबराले बुधबारका लागि १० इजलास गठन गर्नुभएको छ । १० इजलासमा १८६ मुद्दाको पेसी चढाइएको छ । जबराको राजीनामालाई बटम लाइन बनाएर बार र सर्वोच्च अदालतकै न्यायाधीशहरूले इजलास बहिस्कार गरिरहेका छन् ।

संवाद र वार्ताबाट समाधान खोज्न जबराले गरेको आग्रहलाई न्यायाधीश र बारले अस्वीकार गर्दै जबराकै राजीनामा नै समस्या समाधानको बाटो रहेको बताउँदै आउनु भएको छ । कार्यपालिकासँग मिलेर राजनीति भागबण्डा खोजेकोलगायतका आरोप लगाएर जबराको राजीनामा मागिएको छ ।