जनता टाइम्स

१ मंसिर २०७८, बुधबार १२:१०

जनताको बहिष्कारमा परेपछि नगरपालिकाले सच्यायो प्रचण्ड जाने कार्यक्रमलाई दिइएको बिदा


महोत्तरी, मंसिर १ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट स्वास्थ्य केन्द्र उद्घाटन गर्ने भन्दै दिइएको सार्वजनिक बिदा महोत्तरीको रामगोपालपुर नगरपालिकाले सच्याएको छ।

मंगलबार जारी गरेको सूचनामा भुलवश सार्वजनिक बिदा दिने उल्लेख भएको भन्दै मेयर अशोककुमार मण्डलले आज विज्ञप्ति निकालेर समा चकेवाका लागि बिदा दिने उल्लेख गर्नुभएको हो । उहाँले समा चकेवाको अवसरमा भने बिदा दिने निर्णय भएको बताउनु भएको छ । आज र बिहीबार नगरपालिकाभित्रका शैक्षिक संस्था बिदा हुने उहाँको भनाइ छ।

यसअघि नगरपालिकाले स्वास्थ्य केन्द्र उद्घाटन गर्ने कार्यक्रमका लागि भन्दै आज सार्वजनिक बिदा दिने सूचना राखेको थियो। तर जनताले कार्यक्रम नै बहिष्कारको घोषणा गरेपछि नगरपालिकाले निर्णय सच्याएको हो ।