जनता टाइम्स

१ मंसिर २०७८, बुधबार १३:०६

केपी ओलीसँग टिक्न नसकेर प्रचण्ड भागे – टोपबहादुर रायमाझी


काठमाडौं, मंसिर १ । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले अहिले राष्ट्रले नै केपी शर्मा ओलीलाई मानेको र सम्मान गरेको स्मरण गर्नुभएको छ । उहाँले भन्नुभयो ,‘अहिले पार्टीले केपी शर्मा ओलीलाई मानेको छ, सम्मान गरेको छ। पार्टीले मात्रै होईन, जनताले पनि मानेको छ। अहिले जनताले केपी बा भन्छन् ।

उस्तै पर्यो भने केपी आउ, देश बचाउ भन्ने बेर छैन् यहाँ ।’ एक टेलिभिजनलाई अन्र्तवार्ता दिने कार्यक्रममा उहाँले नेपालका अरु नेताहरु ओलीको सामू फिक्का भैसकेको पनि टिप्पणी गर्नुभयो । उहाँले भन्नुभाये केपी ओलीप्रति जनताको क्रेज बढ्दा सबै खुशी हुनुपर्छ । अहिले एमालेको अध्यक्ष केपी शर्मा ओली नै हो । उहाँ सर्वसम्मत् रुपमा अध्यक्ष बन्ने प्रवल सम्भावना छ ।’ उनले केपी ओलीसँग टिक्न नसकेर प्रचण्ड भागेको आरोप लगाए । उनले भने,‘कुरा नमिल्दैमा भाग्नुपर्छ ।’